नेप्सेमा तीन कम्पनीको २.१३ करोड बढी बोनस सेयर सूचीकृत

2021-05-10
नेप्सेमा तीन कम्पनीको २.१३ करोड बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा एक वाणिज्य बैंक, एक विकास बैंक र एक लघुवित्त गरी तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा सहारा विकास बैंक लिमिटेडको २३ प्रतिशत बोनस सेयर, गणपति लघुवित्तको १५ प्रतिशत बोनस सेयर र प्राइम कमर्सियल बैंकको १५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । 

नेप्सेमा यी तीन कम्पनीहरुको २ करोड १३ लाख ११ हजार ८७९.७९ कित्ता बोनस सेयर सूचीकृत भएको हो । जसमा सहारा विकास बैंकको १ लाख ६७ हजार ८८८.०४, गणपति लघुवित्तको १ लाख ६६ हजार ११७.५० र प्राइम कमर्सियल बैंकको २ करोड ९ लाख ७७ हजार ८७४.२५ कित्ता रहेका छन् । 


Share this with your friends: