नेप्सेमा ३.९० लाख कित्ता बोनस सेयर सूचीकृत

2021-07-27
नेप्सेमा ३.९० लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । 

सूचीकृत भएको १५ प्रतिशत बोनस सेयर ३ लाख ९० हजार कित्ता हुन आउँछ । 

कम्पनीले आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांस गरी कुल १५.७८९५ प्रतिशत लाभांस वितरण गरेको थियो । 


Share this with your friends: