नेप्सेमा १५ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

2021-09-01
नेप्सेमा १५ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सेचन्ज(नेप्से)मा स्वालम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा संस्थाको १९.००५६ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । 

संस्थाले आफना सेयरधनीहरुलाई वितरण गरेको १५ लाख ६ हजार ६.१६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । 

संस्थाले आर्थिक वर्ष २०७६/७७ का लागि १९.००५ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांस गरी कुल २०.००५ प्रतिशत लाभांस वितरण गरेको थियो । 


Share this with your friends: