नेप्सेमा दुई कम्पनीको बोनस र हकप्रद गरी ४१ लाख कित्ता बढी सेयर सूचीकृत

2021-09-01
नेप्सेमा दुई कम्पनीको बोनस र हकप्रद गरी ४१ लाख कित्ता बढी सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई कम्पनीको ४१ लाख कित्ता बढी सेयर सूचीकृत भएको छ । आज नेप्सेमा नगारिक लगानी कोषको २१ लाख कित्ता बोनस सेयर र समृद्धि फाइनान्सको १४ लाख २० हजार ७२८ कित्ता हकप्रद सेयर गरी कुल ४१ लाख २० हजार ७२९ कित्ता सेयर सूचीकृत भएको हो । 
नागरिक लगानी कोषले आर्थिक वर्ष २०७६/७७ का लागि ९ प्रतिशत बोनस सेयर र ८.८९४७ प्रतिशत नगद लाभांश (लाभांश करसहित) गरी कुल १७.८९४७ प्रतिशत लाभांश वितरण गरेको थियो । 

यस्तै समृद्धि फाइनान्सले २०७७ असोज १६ गतेदेखि कात्तिक ६ गतेसम्म १ः२ अनुपातमा हकप्रद वारी गरेको थियो । 

 


Share this with your friends: