नेप्सेमा दोहोरो अंकको गिरावट,बीमातर्फ एलआईसी नेपालको सेयरमूल्य सर्वाधिक घट्यो

2021-12-16
नेप्सेमा दोहोरो अंकको गिरावट,बीमातर्फ एलआईसी नेपालको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा दुवै बीमा उपसूचकमा गिरावट आएको छ । आज निर्जीवन बीमा उपसूचक २६४.६१ अंकले घट्दै १०१९८.२१ बिन्दुमा सीमित भएको छ । यो दिन जीवन बीमा उपसूचक पनि २६३.२१ अंकले ओरालो लाग्दै १२५०९.७५ बिन्दुमा झर्यो । 
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन् । बीमातर्फ आज सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो । कम्पनीको सेयरमूल्य १.५९ प्रतिशतले बढ्दै प्रतिकित्ता ११०६ रुपैयाँ कायम भयो । 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन् । बीमातर्फ आज एलआईसी नेपालको सेयरमूल्य सर्वाधिक घट्यो । कम्पनीको सेयरमूल्य ४.६८ प्रतिशतले घट्दै प्रतिकित्ता १७५१ रुपैयाँ कायम भयो । 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो । परिसूचक ३७.८७ अ.कले घट्दै २३७६.७४ बिन्दुमा झर्यो । यो दिन बजारमा २२४ कम्पनीका ५३ लाख ७९ हजार ८६० कित्ता सेयर २ अर्ब ३० करोड १७ लाख ५१ हजार ९६८ रुपैयाँमा किनबेच भयो । 

आज बजारमा म्युचुअल फन्ड बाहेक अन्य सबै उपसूचकमा रातो पोतियो । आज म्युचुअल फन्ड उपसूचक ०.०८ अंकले बढ्यो । 

बैंकिङ उपसूचक ५.६८ अ.कले घटेको आज व्यापार ६४.६१, होटल एण्ड टुरिजम ४६.२१, विकास बैंक १५७.५, हाइड्रोपावर ८२.४१, वित्त ५६.२३, उत्पादन तथा प्रशोधन ८५.३६, अन्य ३९.६३, लघुवित्त ८१.०६ र लगानी उपसूचक १.५३ अंकले घट्यो । 

आज नेपाल बंगलादेश बैंकको सेयरमूल्य सर्वाधिक बढ्यो । यो बैंकको सेयरमूल्य ९.९९ प्रतिशतले बढ्यो । त्यस्तै स्वाभिमान लघुवित्तको सेयरमूल्य ५.३५ र माउन्टेन इनर्जीको सेयरमूल्य ४.०३ प्रतिशतले बढ्यो । 

आज ग्रिन लाइफ हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक घट्यो । कम्पनीको सेयरमूल्य ७.५९ प्रतिशतले घट्यो । यसैगरी मैलुङखोला जलविद्युत कम्पनीको सेयरमूल्य ७.५१, हिमालयन पावर पार्टनर ७.०७ र नेपाल हाइड्रो डेभलपर्सको सेयरमूल्य ६.३२ प्रतिशतले घट्यो । 

यो दिन प्रभु बैंकको सर्वाधिक सेयर कारोबार भयो । यो बैंकको आज ९ करोड ४३ लाख बढीको सेयर कारोबार भयो । 


Share this with your friends: