नेप्सेमा २७ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

2021-12-20
नेप्सेमा २७ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा बैंकको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । 

बैंकद्वारा सेयरधनीहरुलाई वितरण गरिएको १० प्रतिशत बोनस सेयर अर्थात २७ लाख ३७ हजार ९७२.४२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७/७८ का लागि १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांस वितरण गरेको थियो ।


Share this with your friends: