नेप्सेमा सामान्य अंकको गिरावट,बीमातर्फ गुराँस लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

2021-12-28
नेप्सेमा सामान्य अंकको गिरावट,बीमातर्फ गुराँस लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ३९.२५ अंकले घट्दै १४२८२.८३ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ३५.२२ अंकले ओरालो लाग्दै ११३५८.५० बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज गुराँस लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य २.५३ प्रतिशतले बढ्दै प्रतिकित्ता ५६३ रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा सामान्य अंकको गिरावट आयो। परिसूचक २.६६ अंकले घट्दै २५१८.९९ बिन्दुमा सीमित भयो। यो दिन बजारमा २३० कम्पनीका ५८ लाख २८ हजार ७८३ कित्ता सेयर ३ अर्ब १२ करोड ५५ लाख ७५ हजार ६३२ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा ६ वटा उपसूचकमा हरियाली छायो भने अन्य सबै उपसूचकमा रातो पोतियो। आज उत्पादन तथा प्रशोधन उपसूचक सबैभन्दा धेरै बढ्यो। यो उपसूचक १३७.९५ अंकले बढ्यो। त्यस्तै व्यापार १६.६९, विकास बैंक ४.८३, हाइड्रोपावर २४.७८, वित्त १४.७८ र अन्य ३.२४ अंकले बढ्यो। 
आज बैंकिङ उपसूचक ८.७४ अंक, होटल एण्ड टुरिजम १०.४१, लघुवित्त २६.२८, म्युचुअल फन्ड ०.०७ र लगानी उपसूचक ०.३७ अंकले घट्यो। 
आज मध्यभोटेकोशीको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले बढ्यो। त्यस्तै नेपाल हाइड्रो डेभलपर्सको सेयरमूल्य ५.३६, जानकी फाइनान्स ४.८५ र गुडविल फाइनान्सको सेयरमूल्य ४.२८ प्रतिशतले बढ्यो। 

आज गोर्खाज फाइनान्सको सेयरमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले घट्यो। सामलिङ पावर कम्पनीको सेयरमूल्य ६.०४ मैलुङ खोला जलविद्युत कम्पनी ४.८८ र युनाइटेड इदी मर्दीको सेयरमूल्य ४.६५ प्रतिशतले घट्यो। 

यो दिन हिमालयन डिस्टीलरीको सर्वाधिक सेयर कारोबार भयो। आज यो कम्पनीको २६ करोड ३९ लाख बढीको सेयर कारोबार भयो।

 


Share this with your friends: