नेप्सेमा दोहोरो अंकको वृद्धि,बीमातर्फ सूर्या लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

2022-01-02
नेप्सेमा दोहोरो अंकको वृद्धि,बीमातर्फ सूर्या लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज निर्जीवन बीमा उपसूचक ४११.४० अंकले बढ्दै १२०२१.४९ बिन्दुको उचाईमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि ३४४.२८ अंकले बढ्दै १४५५५.१६ बिन्दुमा पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गरे। आज सूर्या लाइफको सेयरमूल्य ९.२९ प्रतिशतले बढ्दै प्रतिकित्ता ७४१ रुपैयाँ कायम भयो। आज ज्याति लाइफको सेयरमूल्य ६.१४,राष्ट्रिय बीमा कम्पनी ५.४५, प्रभु इन्स्योरेन्स ५, नेको इन्स्योरेन्स ४.१९ र आइएमई जनरल इन्स्योरेन्सको सेयरमूल्य ४.०१ प्रतिशतले बढ्यो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भयो। परिसूचक ६०.४१ अंकले बढ्दै २५८४.९१ बिन्दुको उचाईमा पुग्यो। यो दिन बजारमा २४० कम्पनीका ७१ लाख ६० हजार ९८३ कित्ता सेयर ४ अर्ब १२ करोड ६९ लाख ८० हजार ०६७.५३ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा म्युचुअल फन्डबाहेक अन्य सबै उपसूचकमा हरियाली छायो। बैंकिङ उपसूचक ३३.९३ अंकले बढेको आज विकास बैंक १४४.५४, वित्त १२.९३, होटल एण्ड टुरिजम ४२.४४, हाइड्रोपावर ४६.८०, लगानी १.६८, उत्पादन तथा प्रशोधन ३४८.०६ र लघुवित्त उपसूचक १४०.८७ अंकले बढ्यो। 
म्युचुअल फन्ड उपसूचक ०.०६ अंकले घट्यो। 

आज हिमालयन डिस्टीलरीको सेयरमूल्य सर्वाधिक बढ्यो। कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढ्यो। त्यस्तै मध्यभोटेकोशी जलविद्युत कम्पनीको सेयरमूल्य ९.९७, सूर्या लाइफ ९.२९ र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ७.७० प्रतिशतले बढ्यो। 

आज गोर्खाज फाइनान्सको सेयरमूल्य सर्वाधिक घट्यो। कम्पनीको सेयरमूल्य ५.१२ प्रतिशतले घट्यो। 

यो दिन हिमालयन डिस्टिलरीको सर्वाधिक सेयर कारोबार भयो। कम्पनीको आज ४४ करोड ९४ लाख बढीको सेयर कारोबार भयो भने नबिल बैंकको २९ करोड ७० लाख र शिवम् सिमेन्टको २३ करोड ४९ लाख बढीको सेयर कारोबार भयो।   

 


Share this with your friends: