नेप्सेमा १५.७२ लाख कित्ता बोनस सेयर सूचीकृत

2022-01-04
नेप्सेमा १५.७२ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा अरुण भ्यालि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । 

कम्पनीद्वारा सेयरधनीहरुलाई वितरण गरिएको १० प्रतिशत बोनस सेयर अर्थात १५ लाख ७२ हजार ३५९ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ का लागि १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांस गरी कुल १०.५२६ प्रतिशत लाभांस वितरण गरेको थियो ।


Share this with your friends: