नेप्सेमा २.१३ करोड बढी बोनस सेयर सूचीकृत

2022-01-05
नेप्सेमा २.१३ करोड बढी बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) दुईवटा बैंकको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कामना सेवा विकास बैंकको ४९ लाख ६ हजार १३२.९०३४ कित्ता र सानिमा बैंकको १ करोड ६४ लाख ५८ हजार ५८२.४४ कित्ता गरी कुल २ करोड १३ लाख ६४ हजार ७१५.३४३४ कित्ता बोनस सेयर सूचीकृत भएको हो। 

कामना सेवा विकास बैंकले गत आर्थिक वर्षका लागि १८.५ प्रतिशत बोनस सेयर र ०.९७ प्रतिशत नगद लाभांश गरी कुल १९.४७ प्रतिशत लाभांस वितरण गरेको थियो । 

त्यस्तै सानिमा बैंकले पनि गत आर्थिक वर्षका लागि  १७ प्रतिशत बोनस सेयर र ०.८९४७ प्रतिशत नगद लाभांश गरी कुल १७.८९४७ प्रतिशत लाभांश वितरण गरेको थियो। 


Share this with your friends: