नेप्सेमा २.३३ लाख कित्ता बोनस सेयर सूचीकृत

2022-01-10
नेप्सेमा २.३३ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा संस्थाको ८.८५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । 

संस्थाद्वारा सेयरधनीहरुलाई वितरण गरिएको ८.८५ प्रतिशत बोनस सेयर अर्थात २ लाख ३३ हजार १५१.४८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । संस्थाले आर्थिक वर्ष २०७६र७७ का लागि ८.८५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । 


Share this with your friends: