नेप्सेमा आज पनि करेक्सन,बीमातर्फ प्रभु लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

2022-01-19
नेप्सेमा आज पनि करेक्सन,बीमातर्फ प्रभु लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक २२५.८७ अंकले ओरालो लाग्दै १६१८९.३९ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीम उपसूचक पनि ११७.१६ अंकले घट्दै १३०८९.८४ बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ भने आज सूर्या लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य १.४३ प्रतिशतले बढ्दै प्रतिकित्ता ८६० रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज प्रभु लाइफ इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य ३.०७ प्रतिशतले घट्यो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक ३८.३५ अंकले घट्दै २८९८.३१ बिन्दुमा झर्यो। यो दिन बजारमा २२८ कम्पनीका १ करोड १८ लाख ३७ हजार २१५ कित्ता सेयर ६ अर्ब २ करोड १३ लाख ११ हजार ८८१ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा सबै उपसूचकमा गिरावट आयो। बैंकिङ उपसूचक १४.०९ अंकले घटेको आज विकास बैंक ६३.१५,वित्त ५२.७२,होटल एण्ड टुरिजम ७८.६८,हाइड्रोपावर ५९.७८,लगानी १.५१,उत्पादन तथा प्रशोधन १०९.५९,लघुवित्त ७६.८६,म्युचुअल फन्ड ०.२१,अन्य ६०.४१ र व्यापार उपसूचक ८०.७४ अंकले घट्यो। 

आज बुद्धभुमि हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य ९.९७ प्रतिशतले बढ्यो। त्यस्तै सामलिङ पावर कम्पनीको सेयरमूल्य ९.९६,सांग्रिला डेभलपमेन्ट बैंक ४.२९ र सेञ्चुरी कमसिर्यल बैंकको सेयरमूल्य २.७९ प्रतिशतले बढ्यो। 

आज घलेम्दी हाइड्रोको सेयरमूल्य सर्वाधिक घट्यो। कम्पनीको सेयरमूलय ४.३४ प्रतिशतले घट्यो। यसैगरी कालिका लघुवित्तको सेयरमूल्य ४.२३ र मध्यभोटेकोशीको सेयरमूल्य ३.८३ प्रतिशतले घट्यो। 

आज अपि पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भयो। आज यो कम्पनीको २० करोड ३२ लाख बढीको सेयर कारोबार भयो भने अरुण भ्यालि हाइड्रोपावरको २० करोड ७ लाख र एचआईडीसीएलको १५ करोड ३१ लाख बढीको सेयर कारोबार भयो।   

 


Share this with your friends: