नेप्सेमा सामान्य गिरावट,बीमातर्फ नेपाल लाइफको सर्वाधिक कारोबार

2022-01-25
नेप्सेमा सामान्य गिरावट,बीमातर्फ नेपाल लाइफको सर्वाधिक कारोबार

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज जीवन बीमा उपसूचक वृद्धि भएको छ । आज जीवन बीमा उपसूचक ६३.१३ अंकले बढ्दै १६३७८.२४ बिन्दुको उचाइमा पुग्यो । यो दिन निर्जीवन बीमा उपसूचकमा भने २२.६२ अंकको गिरावट आएको छ । 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन् । बीमातर्फ आज ज्योति लाइफ इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो । यो कम्पनीको सेयरमूल्य १.९४ प्रतिशतले बढ्यो । 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन् । 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा सामान्य अंकको करेक्सन आयो । परिसूचक ५.९२ अंकको एकल अंकले ओरालो लाग्दै २८१५.०६ बिन्दुमा झर्यो । यो दिन बजारमा २२९ कम्पनीका ९७ लाख ८४ हजार ६५१ कित्ता सेयर ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६२७ रुपैयाँमा किनबेच भयो । 

आज एउटा उपसूचकबाहेक अन्य सबै उपसूचकमा रातो पोतियो । आज जीवन बीमा उपसूचकमा मात्रै हरियाली छायो । 

बैंकिङ उपसूचक ५.९२ अंकले घटेको आज व्यापार १.४६,होटल एण्ड टुरिजम ४.२५,विकास बैंक २०.०८,हाइड्रोपावर १०.१७,वित्त ६.०९,उत्पादन तथा प्रशोधन १३.५९,अन्य ९.८९,लघुवित्त १६.५५म्युचुअल फन्ड ०.०१ र लगानी उपसूचक ०.३७ अंकले घट्यो । 

आज विन लघुवित्तको सेयरमूल्य सर्वाधिक बढ्यो । यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो । त्यस्तै बुद्धभुमी हाइड्रोपावरको सेयरमूल्य ९.९३,पोखरा फाइनान्स ८.२५ र कालिका लघुवित्तको सेयरमूल्य ४.५२ प्रतिशतले बढ्यो । 

आज गोर्खाज फाइनान्सको सेयरमूल्य सर्वाधिक घट्यो । यो कम्पनीको सेयरमूल्य ४.५८ प्रतिशतले घट्यो । 

यो दिन एशियन लाइफको सर्वाधिक सेयर कारोबार भयो । एशियन लाइफको आज २६करोड ९४ लाख बढीको सेयर कारोबार भयो । त्यस्तै अपि पावरको २२ करोड ८२ लाख ,एनआईसी एशिया बैंकको १९ करोड ६८ लाख र नेपाल लाइफको १४ करोड २२ लाख बढीको सेयर कारोबार भयो ।  


Share this with your friends: