नेप्सेमा उछाल,बीमातर्फ प्रभु लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

2022-01-30
नेप्सेमा उछाल,बीमातर्फ प्रभु लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ५४८.०६ अंकले बढ्दै १६६५६.३६ बिन्दुको उचाइमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ४३१.६१ अंकले बढ्दै १३२८९.४६ बिन्दुमा पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य ५.६९ प्रतिशतले बढ्यो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा उछाल आयो। परिसूचक १०५.५५ अंकले बढ्दै २८८५.५३ बिन्दुमा पुग्यो। यो दिन बजारमा २३१ कम्पनीका १ करोड २१ लाख ५५ हजार ४३२ कित्ता सेयर ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ०३८ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा सबै उपसूचकमा हरियाली छायो। बैंकिङ उपसूचक ४६.९९ अंकले बढेको व्यापार १४६.३३,होटल एण्ड टुरिजम १४१.४८,विकास बैंक ३१८.२२,हाइड्रोपावर १८२.९,वित्त १५२,उत्पादन तथा प्रशोधन १९७.७५,अन्य ८३.६९,लघुवित्त १७३.४६,म्युचुअल फन्ड ०.२८ र लगानी उपसूचक ५.६९ अंकले बढ्यो। 

आज ४ वटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। आज विन नेपाल लघुवित्त,लिबर्टी इनर्जी,शिवश्री हाइड्रोपावर र निफ्राको सेयरमूल्य १० प्रतिशतले बढ्यो। 

आज मैलुङ खोला जलविद्युतको सेयरमूल्य ०.१७ प्रतिशतले घट्यो। 

यो दिन अपि पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भयो। आज यो कम्पनीको २६ करोड १५ लाचख बढीको सेयर कारोबार भयो। त्यस्तै आज एनटीसीको २३ करोड ६२ लाख र एचआईडीसीएलको २३ करोड ३ लाख बढीको सेयर कारोबार भयो।  

 


Share this with your friends: