नेप्सेमा ४३.१९ लाख कित्ता बोनस सेयर सूचीकृत

2022-02-14
नेप्सेमा ४३.१९ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा नेपाल ल्युब आयल लिमिटेड र ज्योति विकास बैंकको बोनस सेयर सूचीकृत भएको हो । 

नेप्सेमा नेपाल ल्युब आयलको ३० प्रतिशत बोनस सेयर अर्थात ९० हजार ०५३ कित्ता र ज्याति विकास बैंकको ११ प्रतिशत बोनस सेयर अर्थात ४२ लाख २९ हजार ३०५.०६ कित्ता गरी कुल ४३ लाख १९ हजार ३५८.०६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।   


Share this with your friends: