नेप्सेमा २.३४ करोड कित्ता बोनस सेयर सूचीकृत

2022-02-15
नेप्सेमा २.३४ करोड कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा चारवटा वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा नेपाल इन्भेस्टमेन्ट बैंक, मेरो माइक्रोफाइनान्स, महिला लघुवित्त र सिभिल लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो । 

नेप्सेमा नेपाल इन्भेस्टमेन्ट बैंकको २ करोड ५ लाख २ हजार ११८।२३ कित्ता, मेरो माइक्रोफाइनान्सको २० कित्ता, महिला लघुवित्तको ४ लाख ७५ हजार कित्ता र सिभिल लघुवित्तको ४ लाख ६० हजार ३०।६२१ कित्ता बोनस गरी कुल २ करोड ३४ लाख ३७ हजार १४८.८५१ बोनस सेयर सूचीकृत भएको हो । 


Share this with your friends: