नेप्सेमा २.४० करोड कित्ता बोनस सेयर सूचीकृत

2022-02-17
नेप्सेमा २.४० करोड कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा तीन वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा साइन रेसुंगा डेभलवमेन्ट बैंक,निफ्रा र सिभिल बैंकको बोनस सेयर सूचीकृत भएको हो । 

नेप्सेमा साइन रेसुंगाको १०.९३ प्रतिशत बोनस सेयर अर्थात ३७ लाख २५ हजार ४५१.०५२५ कित्ता,निफ्राको ८ प्रतिशत अर्थात १ करोड ६० लाख र सिभिल बैंकको ५ प्रतिशत अर्थात ४३ लाख २१ हजार ८३०.४२ कित्ता गरी कुल २ करोड ४० लाख ४७ हजार २८१.४७२५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । 


Share this with your friends: