नेप्सेमा २.६७ करोड कित्ता बोनस सेयर सूचीकृत

2022-02-20
नेप्सेमा २.६७ करोड कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा चार वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा गुराँस लाइफ इन्स्योरेन्स,नेपाल बंगलादेश बैंक,लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंकको बोनस सेयर सूचीकृत भएको हो । 

नेप्सेमा गुराँस लाइफको ५.५००४ प्रतिशत अर्थात १० लाख ८६ हजार ६५४ कित्ता,नेपाल बंगलादेश बैंकको १२ प्रतिशत अर्थात १ करोड ८ लाख ५ हजार ७८५.४३   कित्ता,लक्ष्मी बैंकको ८ प्रतिशत अर्थात ८५ लाख ५६ हजार ५५१.८९ र सनराइज बैंकको ६३ लाख ९ हजार ४८३.०९ कित्ता गरी कुल २ करोड ६७ लाख ५८ हजार ४७४.४१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  


Share this with your friends: