नेप्सेमा १.८४ करोड कित्ता बोनस सेयर सूचीकृत

2022-02-21
नेप्सेमा १.८४ करोड कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा नेपाल बैंक लिमिटेड र गुडविल फाइनान्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो । 

नेप्सेमा नेपाल बैंकको १४ प्रतिशत अर्थात १ करोड ७६ लाख ९१ हजार ४६२.०७ कित्ता र गुडविल फाइनान्सको ९.१ प्रतिशत अर्थात ७ लाख ८९ हजार १५२ कित्ता गरी कुल १ करोड ८४ लाख ८० हजार ६१४.०७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  


Share this with your friends: