नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयरमा आवेदन पेस गर्ने भोलि अन्तिम दिन

2021-09-07
नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक सेयरमा आवेदन पेस गर्ने भोलि अन्तिम दिन

काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामीमा राखिएको संस्थागत समूहको सेयरमा बोलपत्र आवेदन पेस गर्ने भोलि.भदौ २३ गते)अन्तिम दिन रहेको छ । संस्थाले गत भदौ १५ गतेदेखि १८ हजार कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ ।

यो सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापकहरु, वा जो कोहि व्यक्ति,कम्पनी,संघ संस्थाहरुले बोलपत्र आवेदन दिन सक्नेछन्।  

सेयरको न्यूनतम मूल्य प्रति सेयर १०२२ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १००० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सेयर संख्याका लागि कुनै हद लाग्ने छैन। बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले  सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर नक्साल काठमाण्डौमा आगामी भदौ २३ गतेसम्म आईपुग्ने गरी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ। 


Share this with your friends: