नेशनल माइक्रोफाइनान्स लघुवित्तको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

2022-01-11
नेशनल माइक्रोफाइनान्स लघुवित्तको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले संस्थाद्वारा प्रस्तावित ४० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । 

संस्थाको सेयरमूल्य समायोजन गर्दै नेप्सेले संस्थाको सेयरमूल्य प्रतिकित्ता २६१४.२९ रुपैयाँ तोकेको छ । अघिल्लो कारोबार दिन संस्थाको सेयरमूल्य प्रतिकित्ता ३६६० रुपैयाँ थियो । 

संस्थाले गत आर्थिक वर्षका लागि ४० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस गरी कुल ४५ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ । यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी माघ ६ गते आयोजना हुने संस्थाको ८ औँ वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ । 


Share this with your friends: