नेशनल लाइफद्वारा ३५ औँ वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमको आयोजना

2022-02-22
नेशनल लाइफद्वारा ३५ औँ वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमको आयोजना

काठमाण्डौ। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ३५ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ। काठमाण्डौको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा विशेष रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ। जस्मा ५० भन्दा बढी कम्पनी कर्मचारीहरुको सहभागिता थियो। 

देशभरमा ३४ वटा वृद्धाश्रमहरुमा खाना खुवाउने कार्यक्रम आयोजनासमेत सम्पन्न गरिएको कम्पनीले जनाएको छ। 

यसैगरी कर्मचारीहरुमाझ विभिन्न खेलकुद कार्यक्रम सम्पन्न गरिएको छ। कोभिड १९ का कारण औपचारिक रुपमा जमघट हुने गरी कुनै पनि कार्यक्रम गरिएन। 

नेपालको अग्रणी जीवन बीमा कम्पनीका रुपमा स्थापित यो कम्पनीले विगत वर्षसरह चालु वर्षमा राम्रो व्यावसायिक प्रगति गरेको छ। आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट कम्पनीले सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर र एक प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश दिने प्रस्ताव आगामी साधारणसभामा लगिएको छ। 

कम्पनीको जीवन बीमा कोषमा रु। ५० अर्बको हाराहरीमा रकम जम्मा भएको छ। कम्पनीले चुक्तापुँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ। प्रस्तावित बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापुँजी ४ अर्ब ३ करोड रुपैयाँ पुग्नेछ। कम्पनीले आर्थिक वर्ष २०७६र७७ मा आफ्ना बीमितलाई उत्कृष्ट बोनस दर दिन सफल भएको छ। कम्पनीले यस आर्थिक वर्षका लागि बीमितलाई न्यूनतम प्रतिहजार ६४ रुपैयाँदेखि अधिकतम प्रतिहजार ८५ रुपैयाँसम्म दिएको छ। 

कम्पनीले चालु वर्षमा शाखा कार्यालयमा आफ्नो भवन निर्माण गर्ने प्रक्रियासमेत अघि बढाएको छ। 

कम्पनीको ३५ औँ वार्षिकोत्सवका अवसरमा कम्पनीप्रति विश्वासका साथ सहकार्य गर्ने सम्पूर्ण ग्राहक, कर्मचारी, अभिकर्ताहरु एवं शुभेच्छुकप्रति कम्पनीले हार्दिक आभार व्यक्त गरेको छ। यसका साथै नियामक निकायलगायत अन्य सम्बन्धित संस्थाहरुबाट प्राप्त मार्गदर्शन र सहयोगका लागि कम्पनीले कृतज्ञता व्यक्त गरेको छ। 


Share this with your friends: