नेशनल हाइड्रोपावरको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

2022-02-24
नेशनल हाइड्रोपावरको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीद्वारा गत आर्थिक वर्षका लागि प्रस्तावित १८.५२५ प्रतिशत नगद लाभांस र ०.९७५ प्रतिशत नगद लाभांस गरी कुल १९.५ प्रतिशत लाभांस सुरक्षित गर्ने आज(फागुन १२ गते)अन्तिम दिन रहेको हो । 

लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १३ गते एकदिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य हुनेछन्। 


Share this with your friends: