नेसनल माइक्रोफाइनान्स लघुवित्तको नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा

2022-03-13
नेसनल माइक्रोफाइनान्स लघुवित्तको नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाण्डौ । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ। संस्थाले गत माघ ६ गते सम्पन्न ८ औँ वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत नगद लाभांस(कर सहित) गत पुस २६ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो। 

भौतिक सेयर अभौतिक नगरेका सेयरधनीहरुले सेयरधनीहरुलाई अभौतिकिकरण गर्न संस्थाले आह्वान गरेको छ। 

यस्तै संस्थाले पुस २६ गतेपश्चात हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको हकमा क्रमशःनगद लाभांस जम्मा गरिने व्यवस्था मिलाइएको जनाएको छ । 


Share this with your friends: