न्यादी हाइड्रोपावरले भदौ १ देखि आईपीओ निष्कासन गर्ने

2021-08-08
न्यादी हाइड्रोपावरले भदौ १ देखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । न्यादी हाइड्रोपावर लिमिटेडले आगामी भदौ १ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मस्र्याङदी गाउँपालिका वडा न.३(साविक खुदी गाविस वडा न १,२,३ र ६ मात्र)तथा मस्र्याङदी गाउँपालिका वडा न.६,७ र ८(साविक बाहुनडाँडा गाविस र साविक भुलभुले गाविसका सम्पूर्ण वडाहरु)का स्थानिय वासिन्दाहरुका लागि ५ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन बन्द छिटोमा भदौ १५ गते र ढिलोमा भदौ ३० गते बैंकिङ समयपछि हुनेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले आईपीओ निष्कासनका लागि गत साउन ११ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दा र आम सर्वसाधारणका लागि गरी ४० लाख ५० हजार कित्ता आईपीओ निष्कासनको अनुमति प्राप्त गरेको थियो । 


Share this with your friends: