न्यादी हाइड्रो पावरद्वारा वार्षिक साधारण सभा आह्वान

2021-12-12
न्यादी हाइड्रो पावरद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । न्यादी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले १४ औँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आगामी पुस २८ गते नयाँ बजार काठमाण्डौमा रहेको कम्पनी रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा नियमावली संसोधनसहित सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ।व २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र सो सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरीश्र पारित गरिनुका साथै आ.व २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ। 


Share this with your friends: