न्यादी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

2021-08-31
न्यादी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । न्यादी हाइड्रोपावर लिमिटेडद्वारा आयोजना प्रभावितका लागि निष्कासन गरिएको आईपीओमा आवेदन दिने आज(भदौ १५ गते) अन्तिम दिन रहेको छ । 

कम्पनीले गत भदौ १ गतेदेखि अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मस्र्याङदी गाउँपालिका वडा न.३(साविक खुदी गाविस वडा न १,२,३ र ६ मात्र)तथा मस्र्याङदी गाउँपालिका वडा न.६,७ र ८(साविक बाहुनडाँडा गाविस र साविक भुलभुले गाविसका सम्पूर्ण वडाहरु)का स्थानिय वासिन्दाहरुका लागि ५ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । 

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले आईपीओ निष्कासनका लागि गत साउन ११ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दा र आम सर्वसाधारणका लागि गरी ४० लाख ५० हजार कित्ता आईपीओ निष्कासनको अनुमति प्राप्त गरेको थियो । 


Share this with your friends: