न्यादी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

2021-10-05
न्यादी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । न्यादी हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज(असोज १९ गते)अन्तिम दिन रहेको छ । कम्पनीले गत असोज १५ गतेदेखि आम सर्वसाधारणका लागि २२ करोड ५० लाख रुपैयाँबराबरको रु१०० अंकित दरका २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको छ । 

निष्कासन गरिएको सेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता म्युचुअल फन्डका लागि सुरक्षित राखि बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।  

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ता सेयरका लागि दरखास्त आवेदन दिन सक्नेछन् । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड९सेबोन०बाट गत साउन ११ गते स्वीकृति प्राप्त गरेको थियो । 

जसअन्तर्गत पहिलो चरणमा कम्पनीले अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मस्र्याङदी गाउँपालिका वडा न.३(साविक खुदी गाविस वडा न १,२,३ र ६ मात्र)तथा मस्र्याङदी गाउँपालिका वडा न।६,७ र ८(साविक बाहुनडाँडा गाविस र साविक भुलभुले गाविसका सम्पूर्ण वडाहरु)का स्थानिय वासिन्दाहरुका लागि गत भदौ १ गतेदेखि १५ गतेसम्म ५ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । 


Share this with your friends: