न्यादी हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत, नियमित कारोबार कहिलेदेखि ?

2021-11-24
न्यादी हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत, नियमित कारोबार कहिलेदेखि ?

काठमाण्डौ। न्यादी हाईड्रोपावर लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। कम्पनीको आईपीओसहित १ करोड ५० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो। 

नेप्से र कम्पनीबीच आज(मंसिर ८ गते) प्रति सेयर अंकित तथा चुक्ता मूल्य रु.१०० कायम भएको १ करोड ५० लाख कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो। कम्पनीले आम सर्वसाधारणका लागि वितरण गरेको २५ लाख ५० हजार , आयोजना प्रभावितका लागि निष्कासन गरेको १५ लाख कित्ता र संस्थापकहरुले लगानी गरेको १ करोड ९ लाख ५० हजार कित्ता गरी कुल १ करोड ५० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो। 

नेप्सेले धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम मंसिर ७ गतेको निर्णयानुसार कम्पनीको सेयर सूचीकृत भएको जनाएको छ। 

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज प्रतिकित्ता ९४.१३ रुपैयाँदेखि २८२.३९ रुपैयाँ तोकेको छ। भोलिको प्रि ओपन सेसनमा यदि नेप्सेले तोकेको ओपनिङ रेञ्जभित्र कम्पनीको सेयर कारोबार भएमा कम्पनीको सेयर कारोबार नियमित समयमा सुचारु हुनेछ। नेप्सेले कम्पनीलाई न्यादी संकत प्रदान गरेको छ ।


Share this with your friends: