परिसूचकको गिरावटमा आज पनि निरन्तरता, एशियन लाइफको सेयरमूल्यमा सर्वाधिक गिरावट

2021-03-03
परिसूचकको गिरावटमा आज पनि निरन्तरता, एशियन लाइफको सेयरमूल्यमा सर्वाधिक गिरावट

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ४५२.५३ अंकले ओरालो लाग्दै १६३६१.३९ को बिन्दुमा सीमित बन्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १६७.८८ अंकले घट्दै १२४४६.५६ को बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल रह्यो। आज आइएमई जनरलको सेयरमूल्य २.८३ प्रतिशतले बढ्दै प्रतिकित्ता रु. १०१८ रुपैयाँ कायम भयो। 

आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनी पर्यो। आज एशियन लाइफको सेयरमूल्य ६.३६ प्रतिशतले घट्दै प्रतिकित्ता ११९३ रुपैयाँ कायम भयो। कम्पनीले आ.व २०७५÷७६ का लागि लाभांस वितरण नगर्ने निर्णय गरेसँगै आज यो कम्पनीको सेयरमूल्यमा व्यापक गिरावट आएको हो। 

बजारमा अरु के–के भयो ?

अघिल्लो कारोबार दिन ओरालो लागेको बजारले आजपनि ओरालो यात्रालाई निरन्तरता दिएको छ। आज नेप्से परिसूचक ३९.२३ अंकले घट्दै २४१६ को बिन्दुमा झर्यो। यो दिन २१२ कम्पनीका १ करोड १३ लाख ९२ हजार १३५ कित्ता सेयर ६ अर्ब २५ करोड ४८ लाख ९ हजार ४४२ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा दुईवटा समूहमा मात्रै हरियाली छायो। आज व्यापार समूह ३०६.५४ अंकले बढ्यो भने होटल एण्ड टुरिजम समूह पनि ३५.१७ अंकले बढ्यो। आज बैंकिङ समूह १७.३ अंकले घट्यो। त्यस्तै विकास बैंक समूह ३२.६८ अंकले घटेको आज हाइड्रोपावर २०.३२, वित्त १२.३२, उत्पादन तथा प्रशोधन ८७.५८, अन्य ८४.३५, लघुवित्त ५६.४३, म्युचुअल फन्ड ०.१३ र लगानी समूह २.२६ अंकले घट्यो। 

आज साल्ट ट्रेडिङ र चन्द्रागिरी हिल्सको सेयरमूल्य १० प्रतिशतले बढे। त्यस्तै हिमालयन पावर पाटर्नर ८.१६, नेसनल हाईड्रोपावर ४.९३ र हिमालयन उर्जा विकासको सेयरमूल्य ३.७९ प्रतिशतले बढ्यो। 

आज एशियन लाइफको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ६.३६ प्रतिशतले घट्यो भने वरुण हाइड्रोपावर ६.०६, नेपाल टेलिकम ५.७४, सूर्योदय लघुवित्त ५.३८ र नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ४.३५ प्रतिशतले घट्यो। 

यो दिन नेपाल टेलिकमको सर्वाधिक सेयर कारोबार भयो। आज कम्पनीको २९ करोड ९७ लाख बढीको सेयर कारोबार भयो। त्यस्तै एशियन लाइफको २८ करोड ९ लाख , नेपाल लाइफको २६ करोड ६७ लाख, शिखर इन्स्योरेन्स २४ करोड २७ लाख र नेको इन्स्योरेन्सको २२ करोड ३३ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: