परिसूचकमा दोहोरो अंकको गिरावट,एशियन लाइफको सर्वाधिक सेयर कारोबार

2022-06-06
परिसूचकमा दोहोरो अंकको गिरावट,एशियन लाइफको सर्वाधिक सेयर कारोबार

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १९८.३२ अंकले घट्दै ९६६३.६० बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ४९.५४ अंकले घट्दै ८४८५.१३ बिन्दुमा सीमित भयो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज शिखर इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो। आज शिखर इन्स्योरेन्सको सेयरमूल्य २.४२ प्रतिशतले बढ्दै प्रतिकित्ता ८८८ रुपैयाँ कायम भयो। 
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा ४ वटा बीमा कम्पनी परे। आज नेपाल इन्स्योरेन्सको सेयरमूल्य ३.९२,अजोड इन्स्योरेन्स २.९५,एशियन लाइफ २.८८ र एलआईसी नेपालको सेयरमूल्य २.६४ प्रतिशतले घट्यो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। नेप्से परिसूचक १२.९२ अंकले घट्दै २०६५.७८ बिन्दुमा झर्यो। यो दिन बजारमा २२८ कम्पनीका ४४ लाख ९ हजार ६९१ कित्ता सेयर १ अर्ब २७ करोड ३३ लाख ८५ हजार २७७ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा ६ वटा उपसूचकमा हरियाली छायो भने ७ वटा उपसूचकमा रातो पोतियो। आज विकास बैंक उपसूचक ११.९३,वित्त ३.३,उत्पादन तथा प्रशोधन २१.०९,अन्य १.५९,लघुवित्त २२.६ र म्युचुअल फन्ड ०.०४ अंकले बढ्यो। 

बैंकिङ उपसूचक १९.०४ अंकले घटेको आज व्यापार ०.१२,होटल १.२४,हाइड्रो ५.४१ र लगानी उपसूचक ०.२१ अंकले घट्यो।

आज उपकार लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले बढ्यो। त्यस्तै बलेफि हाइड्रोपावरको सेयरमूल्य ९.९६,नारायणी डेभलपमेन्ट बैंक ६.४७ र मिथिला लघुवित्तको सेयरमूल्य ४.३७ प्रतिशतले बढ्यो। 

त्यस्तै आज हिमालयन बैंकको सेयरमूल्य सबैभन्दा धेरै अर्थात ९.९९ प्रतिशतले घट्यो। 

यो दिन एशियन लाइफको सबैभन्दा धेरै कारोबार भयो। आज यो कम्पनीको ८ करोड २४ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: