परिसूचकमा दोहोरो अंकको उछाल,बीमातर्फ सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

2022-06-08
परिसूचकमा दोहोरो अंकको उछाल,बीमातर्फ सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज निर्जीवन बीमा उपसूचक ३२०.३ अंकले बढ्दै ८६६५.६५ बिन्दुको उचाईमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि २९३.१३ अंकले बढ्दै ९८६९.५५ बिन्दुमा पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य ८.८१ प्रतिशतले बढ्दै प्रतिकित्ता ८६५ रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भयो। परिसूचक ६०.२२ अंकले बढ्दै २०८०.४४ बिन्दुको उचाईमा पुग्यो। यो दिन बजारमा २३१ कम्पनीका ५० लाख ५ हजार ८१४ कित्ता सेयर १ अर्ब ६४ करोड ३ लाख ५६ हजार ६०८ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा सबै उपसूचकमा हरियाली छायो। बैंकिङ उपसूचक २९.३५ अंकले बढेको आज व्यापार ५८.२६,होटल ९२.७४,विकास बैंक ११६.३९,हाइड्रो ८४.६,वित्त ७४.९७,उत्पादन तथा प्रशोधन १५४.७४,अन्य ५७.७९,लघुवित्त १५४.८,म्युचुअल फन्ड ०.१७ र लगानी १.९१ अंकले बढ्यो। 
आज सामुदायिक लघुवित्त र उपकार लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले बढ्यो। त्यस्तै बलेफि हाइड्रोपावरको सेयरमूल्य ९.९६,कालिका लघुवित्त ९.९५ र तेह्रथुम पावर कम्पनीको सेयरमूल्य ९.४४ प्रतिशतले बढ्यो। 

आज माउन्टेन हाइड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ४.११ प्रतिशतले घट्यो। 

यो दिन अरुण भ्यालि हाइड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो। आज यो कम्पनीको ५ करोड १२ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: