परिसूचकमा दोहोरो अंकको गिरावट,बीमातर्फ युनाइटेड इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

2022-06-10
परिसूचकमा दोहोरो अंकको गिरावट,बीमातर्फ युनाइटेड इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक ७९.५७ अंकले घट्दै ८५११.०३ बिन्दुमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि ६८.९४ अंकले ओरालो लाग्दै ९७७९.३१ बिन्दुमा सीमित भयो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज युनाइटेड इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो। आज यो कम्पनीको सेयरमूल्य ३.२३ प्रतिशतले घट्दै प्रतिकित्ता ३९० रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक १४.६४ अंकले घट्दै २०४८.१६ बिन्दुमा सीमित भयो। यो दिन बजारमा २२९ कम्पनीका ३० लाख ४५ हजार ८३८ कित्ता सेयर ८९ करोड ४१ लाख २४ हजार ११४ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा सबै उपसूचकमा रातो पोतियो। बैंकिङ उपसूचक ४.४३ अंकले घटेको आज व्यापार २१.९१,होटल ३४.३२,विकास बैंक ३९.१२,हाइड्रो ७.३७,वित्त १८.२८,उत्पादन तथा प्रशोधन १००.८७,अन्य २७.९,लघुवित्त २४.७७,म्युचुअल फन्ड ०.०५ र लगानी उपसूचक ०.५७ अ.कले घट्यो। 
आज ग्रिन भेन्चर्स र उपकार लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले बढ्यो। 

त्यस्तै आज सामुदायिक लघुवित्तको सेयरमूल्य सर्वाधिक घट्यो। आज यो संस्थाको सेयरमूल्य ५.७५ प्रतिशतले घट्यो। 

यो दिन कुमारी बैंकको सर्वाधिक सेयर कारोबार भयो। आज यो बैंकको ५ करोड ५ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: