परिसूचकमा दोहोरो अंकको करेक्सन, बीमाका दुवै समूहमा गिरावट

2021-02-09
परिसूचकमा दोहोरो अंकको करेक्सन, बीमाका दुवै समूहमा गिरावट

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा समूहको उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा समूहको उपसूचक २७४.०३ अंकले घट्दै १८५८७.३२ को बिन्दुमा सीमित बन्यो। यो दिन निर्जीवन बीमा समूहको उपसूचक २३७.१४ को बिन्दुका झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ? 

आज बजारमा दोहोरो अंकको करेक्सन आएको छ। आज नेप्से परिसूचक २९.०१ अंकले घट्दै २५३२.४६ को बिन्दुमा सीमित बन्यो। आज ब्रोकर ट्रेड्रिङ सिस्टममा अवरोध सिर्जना भएको कारण नियमित सेयर कारोबार ३५ मिनेट लम्ब्याइएको थियो। यो दिन बजारमा १९४ कम्पनीका १ करोड ५९ लाख ८५ हजार १९८ कित्ता सेयर ८ अर्ब १४ करोड ६२ लाख ६९ हजार १९३ रुपैयाँमा किनबेच भयो। 

आज १२ वटा समूहमध्ये दुईवटा समूहमा मात्रै हरियालस् छायो। आज विकास बैंक २५.५२ अंकले बढ्यो भने वित्त समूह १२.७२ अंकले बढयो। 

बैंकिङ समूह ९.४२ अंकले घटेको आज व्यापार ४९.४९, होटल ३२.८६, हाइड्रोपावर २९.७६, उत्पादन तथा प्रशोधन ९८.९४, अन्य ३३.६८, लघुवित्त १२८.२४ र म्युचुअल फन्ड ०.०२ अंकले घट्यो। 

आज गुडविल फाइनान्सको सेयरमूल्यमा सर्वाधिक वृद्धि आयो। कम्पनीको सेयरमूल्य ९.९२ प्रतिशतले बढ्यो भने श्रि इन्भेष्टमेन्ट फाइनान्स ९.६५, समृद्धी फाइनान्स ९.५२, कालिका पावर कम्पनी ५ र नेपाल ल्युब आयलको सेयरमूल्य ४.९८ प्रतिशतले बढ्यो। 

आज सर्पोट माइक्रोफाइनान्सको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ५.८२ प्रतिशतले घट्यो। यस्तै निर्धन उत्थान लघुवित्तको ५.८१, माउन्टेन इनर्जी ५.१९, गुराँस लघुवित्त ४.९५ र नेरुडे लघुवित्त विकास बैंकको सेयरमूल्य ४.७८ प्रतिशतले घट्यो। 

यो दिन ग्रामिण विकास लघुवित्तको सर्वाधिक सेयर कारोबार भयो। आज कम्पनीको ३४ करोड ७१ लाख बढीको सेयर कारोबार भयो। यस्तै आज प्रभु बैंकको ३० करोड ५८ लाख, ग्लोबल आइएमई बैंक २९ करोड ४५ लाख, डिप्रोक्स लघुवित्त २५ करोड ७५ लाख र एनआईसी एशिया बैंकको २२ करोड ९१ लाख बढीको सेयर कारोबार भयो।   

 


Share this with your friends: