परिसूचकमा दोहोरो अंकको करेक्सन, बीमातर्फ नेको इन्स्योरेन्सको सेयरमूल्यमा उछाल

2021-02-14
परिसूचकमा दोहोरो अंकको करेक्सन, बीमातर्फ नेको इन्स्योरेन्सको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा समूहको उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा समूहको उपसूचक २३३.१८ अंकले घट्दै १८०६१.८८ को बिन्दुमा सीमित बन्यो। आज निर्जीवन बीमा समूहको उपसूचक पनि ७७.३५ अंकले घट्दै १२९६६.५५ को बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल रहे। आज नेको इन्स्योरेन्सको सेयरमूल्य ७.४० प्रतिशत अर्थात ११७ रुपैयाँले बढ्दै १६९९ रुपैयाँको उचाईमा पुग्यो। त्यस्तै आज प्रभु लाइफको सेयरमूल्य पनि ३.८६ प्रतिशतले बढ्दै प्रतिकित्ता ८६० रुपैयाँ कायम भयो। 

आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा प्रभु इन्स्योरेन्स रह्यो। आज यो कम्पनीको सेयरमूल्य ४.९३ प्रतिशतले घट्दै प्रतिकित्ता ९४४ रुपैयाँमा सीमित बन्यो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको करेक्सन आएको छ। आज परिसूचक ३३.३३ अंकले घट्दै २४९३.५९ को बिन्दुमा झर्यो। यो दिन बजारमा २०२ कम्पनीका १ करोड ४८ लाख ५१ हजार ५९२ कित्ता सेयर ६ अर्ब ९२ करोड ७६ लाख ६८ हजार ९३१ रुपैयाँमा किनबेच भयो। 

१२ वटा समूहमध्ये आज म्युचुअल फन्ड समूहमा मात्रै हरियालाी छायो। आज म्युचुअल फन्ड ०.१३ अंकले बढ्यो। बैंकिङ समूह २०.७१ अंकले घटेको आज व्यापार २३.७६, होटल २५.७२, विकास बैंक १०.७, हाइड्रोपावर २३.०५, वित्त ११.१८, उत्पादन तथा प्रशोधन ४४.६७, अन्य ४५.२९ र लघुवित्त ७८.८ अंकले घट्यो। 

आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। आजबाट मात्रै कारोबारको थालनी गरेको बैंकको सेयरमूल्य १० प्रतिशतले बढ्दै पोजेटिभ सक्रिट लाग्यो। त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ७.८५ प्रतिशत, नेको इन्स्योरेन्स ७.४०, हिमालयन उर्जा ६.९९ र वरुण हाइड्रोपावरको सेयरमूल्य ६.१७ प्रतिशतले बढे।  

आज सर्पोट माइक्रोफाइनान्सको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। संस्थाको सेयरमूल्य ९.२७ प्रतिशतले घट्यो भने स्वाभिमान लघुवित्त ९.१३, माउन्टेन हाईड्रो ६.९७, सूर्योदय लघुवित्त ६.०८ र तारागाँउ रिजेन्सीको सेयरमूल्य ५.६० प्रतिशतले घट्यो। 

यो दिन नेको इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो। आज कम्पनीको ५२ करोड ३३ लाख बढीको सेयर कारोबार भयो। यसैगरी नेपाल बैंकको ३६ करोड ६० लाख, नेपाल टेलिकम २३ करोड १२ लाख, नेपाल पुनर्बीमा २२ करोड ९९ लाख र नविल बैंकको २० करोड ५५ लाख बढी सेयर कारोबार भयो।    

 


Share this with your friends: