परिसूचकमा उछालसँगै सबै समूहमा हरियाली, बीमातर्फ एशियन लाइफको सेयरमूल्यमा सर्वाधिक वृद्धि

2021-02-15
परिसूचकमा उछालसँगै सबै समूहमा हरियाली, बीमातर्फ एशियन लाइफको सेयरमूल्यमा सर्वाधिक वृद्धि

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा समूहको उपसूचक वृद्धि भएका छन्। १२ वटा समूहमध्ये आज सबैभन्दा धेरै वृद्धि जीवन बीमा समूहमा आयो। आज जीवन बीमा समूहको उपसूचक ६९७.९१ अंकले बढ्दै १८७५९.७९ को बिन्दुमा पुग्यो। यो दिन निर्जीवन बीमा समूहको उपसूचक पनि ४४७.४४ अंकले बढ्दै १३४३१.९९ को उचाईमा पुग्यो। 

आज बीमातर्फ एशियन लाइफको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। एशियन लाइफको सेयरमूल्य ९.४१ प्रतिशतले बढ्दै प्रतिकित्ता १४१९ रुपैयाँ कायम भयो। त्यस्तै आज नेको इन्स्योरेन्सको सेयरमूल्य ७.६५ प्रतिशतले बढ्यो भने लुम्बिनी जनरल इन्स्योरेन्स ६.१०, सगरमाथा इन्स्योरेन्स ५.७६, हिमालयन जनरल इन्स्योरेन्स ५.४३, नेशनल लाइफ ५.३४, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल ५.३०, गुराँस लाइफ ४.९९, अजोड इन्स्योरेन्स ४.८१, रिलायन्स लाइफ ४.६८, सूर्या लाइफ ४.६०, सिद्धार्थ इन्स्योरेन्स ४.३९, एनएलजी इन्स्योरेन्स ४.३० र एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य ४.२९ प्रतिशतले बढ्यो। 

आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

सबै समूहमा हरियाली छाएको आज नेप्से परिसूचक ९२.४२ अंकले बढ्दै २५८६.०१ को उचाईमा पुग्यो। यो दिन बजारमा २०५ कम्पनीका २ करोड २४ लाख ४७ हजार १५७ कित्ता सेयर १० अर्ब ३८ करोड ४१ लाख ९७ हजार ६६९ रुपैयाँमा किनबेच भयो।

आज बजारमा सबै १२ वटा समूह मा नै हरियाली छायो। बैंकिङ समूह ५७.३२ अंकले बढेको आज व्यापार ७१.६, होटल २४.१, विकास बैंक ४९.९१, हाइड्रोपावर ६४.४५, वित्त ३४.७५, उत्पादन तथा प्रशोधन १५९.६६, अन्य ६२.६१, लघुवित्त ३७०.३ र म्युचुअल फन्ड ०.१८ अंकले बढे। 

आज ११ वटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। छिमेक लघुवित्त, ग्रामिण विकास लघुवित्त, मिथिला लघुवित्त, किसान लघुवित्त, एनएमबी माइक्रोफाइनान्स, आरएसडीसी लघुवित्त, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स, उन्नती सहकार्य लघुवित्त, सामूदायिक लघुवित्त, आशा लघुवित्त र स्वाभिमान लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढे। 

त्यस्तै आज पञ्चकन्या माईहाइड्रोको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। यो कम्पनीको सेयरमूल्य ४.०३ प्रतिशतले घट्यो। 

यो दिन निर्धन उत्थान लघुवित्तको सर्वाधिक सेयर कारोबार भयो। आज यो कम्पनीको ७० करोड ४८ लाख बढीको सेयर कारोबार भयो। यस्तै नविल बैंकको ६८ करोड ५ लाख, छिमेक लघुवित्त ४७ करोड ९१ लाख, डिप्रोक्स लघुवित्त ४७ करोड ४४ लाख र ग्लोबल आइएमई बैंकको ४६ करोड ९० लाख बढीको सेयर कारोबार भयो।  

 


Share this with your friends: