परिसूचकमा एकल अंकको बढोत्तरी, बीमा उपसूचकको करेक्सन भने कायमै

2021-02-17
परिसूचकमा एकल अंकको बढोत्तरी, बीमा उपसूचकको करेक्सन भने कायमै

काठमाण्डौ । बीमा उपसूचकको करेक्सनले आज पनि निरन्तरता पाएको छ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा समूहको उपसूचक १४४.८३ अंकले घट्दै १८५६०.८४ को बिन्दुमा सीमित बन्यो। यो दिन निर्जीवन बीमा समूहको उपसूचक १३६.५९ अंकले घट्दै १३२३९.५५ को बिन्दुमा सीमित बन्यो। 
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी रह्यो। कम्पनीको सेयरमूल्य ४.०४ प्रतिशतले बढ्दै प्रतिकित्ता ८५० रुपैयाँ कायम भयो। 

यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा पनि एउटा मात्रै बीमा कम्पनीको रुपमा नेपाल इन्स्योरेन्स कम्पनी रह्यो। कम्पनीको सेयरमूल्य ३.०७ प्रतिशतले घट्दै प्रतिकित्ता ८५३ रुपैयाँ कायम भयो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा एकल अंकको बढोत्तरी आएको छ। परिसूचक ९.९४ अंकले बढ्दै २६११.४५ को उचाईमा पुग्यो। यो दिन बजारमा २०३ कम्पनीका १ करोड ७६ लाख ८८ हजार २७१ कित्ता सेयर ८ अर्ब ३ करोड ५५ लाख १० हजार ८४४ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा १२ वटा समूहमा मात्रै हरियाली छायो। आज व्यापार समूहमा सर्वाधिक उछाल आयो। व्यापार समूह ५९.०६ अंकले बढेको आज बैंकिङ समूह २९.७७, विकास बैंक ३.५६, अन्य समूह १०.४३ र म्युचुअल फन्ड ०.०७ अंकले बढे। 

यसैगरी आज होटल समूह १५.४५, हाइड्रोपावर १४.४४, वित्त १.१२, उत्पादन तथा प्रशोधन ८६.४१ र लघुवित्त ४५.६४, अंकले ओरालो लागे। 

आज निफ्राको सेयरमूल्यमा सर्वाधिक वृद्धि भयो। यो बैंकको सेयरमूल्य ९.९६ अंकले बढ्यो भने कर्पोरेट डेभलपमेन्ट बैंकको ९.८९, हिमालयन उर्जा विकास ९.८३, समृद्धी फाइनान्स ९.५० र सनराइज बैंकको सेयरमूल्य ७.३२ प्रतिशतले बढ्यो। 

आज इन्फीनीटी लघुवित्तको सेयरमूल्यमा ३.७३ प्रतिशत सहित सर्वाधिक गिरावट आयो। यस्तै आज वरुण हाइड्रोपावरको सेयरमूल्य ३.५३, किसान लघुवित्त ३.२३ र रिडी हाइड्रोपावरको सेयरमूल्य ३.२१ प्रतिशतले घट्यो। 

यो दिन निफ्राको सर्वाधिक सेयर कारोबार भयो। आज निफ्राको ६९ करोड ४३ लाख बढीको सेयर कारोबार भयो। यस्तै नविल बैंकको ४१ करोड १६ लाख, ग्लोबल आइएमई बैंक ३६ करोड ९ लाख, नेपाल बैंक ३५ करोड ७३ लाख र नेको इन्स्योरेन्सको २६ करोड ३५ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: