परिसूचकमा दोहोरो अंकको गिरावट, एशियन लाइफको सर्वाधिक सेयर कारोबार

2021-03-02
परिसूचकमा दोहोरो अंकको गिरावट, एशियन लाइफको सर्वाधिक सेयर कारोबार

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। १३ वटा समूहमध्ये आज  सबैभन्दा धेरै गिरावट जीवन बीमा उपसूचकमा आयो। आज जीवन बीमा उपसूचक ५१९.६७ अंकले घट्दै १६८१३.९२ को बिन्दुमा सीमित बन्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ३४३.५७ अंकले घट्दै १२६१४.४४ को बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा पनि कुनैपनि बीमा कम्पनी परेनन्। बीमा कम्पनीतर्फ आज इशियन लाइफ इन्स्योरेन्सको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। आज यो कम्पनीको सेयरमूल्य ४.९३ प्रतिशतले घट्दै प्रतिकित्ता रु.१२७४ कायम भयो। यसैगरी आइएमई जनरलको सेयरमूल्य ४.५३, प्रुडेन्सियल इन्स्योरेन्स ४.३९ र गुराँस लाइफको सेयरमूल्य ४.२१ प्रतिशतले घट्यो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक ५९.७० अंकले घट्दै २४५५.३३ को बिन्दुमा सीमित बन्यो। यो दिन बजारमा २०८ कम्पनीका १ करोड ३१ लाख ६ हजार ७३८ कित्ता सेयर ६ अर्ब ११ करोड ९६ लाख ३८ हजार ६६९ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा दुईवटा समूहमा मात्रै हरियाली छायो। आज व्यापार समूह २७८.४९ अंक र होटल एण्ड टुरिजम १६.८६ अंकले बढे। बैंकिङ समूह ४५.५५ अंकले घटेको आज विकास बैंक ६०.६५, हाइड्रोपावर ४०.९९, वित्त २२.८५, उत्पादन तथा प्रशोधन १५०.४८, अन्य ४३.२३, लघुवित्त ११२.०८, म्युचुअल फन्ड ०.२१ र लगानी समूह १.९१ अंकले घटे।

आज साल्ट ट्रेडिङको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढ्यो भने चन्द्रागिरी हिल्सको ९.८९, हिमाल पावर पार्टनर ८.८९ र हाइड्रो इलेक्ट्रिसीटी इन्भेष्टमेन्टको सेयरमूल्य २.१७ प्रतिशतले बढ्यो। 

आज नेपाल हाइड्रो डेभलपर्सको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ७.३१ प्रतिशतले घट्यो। यस्तै आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ६.८२, सिनर्जी पावर कम्पनीको ६.४४ र साधना लघुवित्तको सेयरमूल्य ५.९३ प्रतिशतले घट्यो। 

यो दिन एशियन लाइफको सर्वाधिक सेयर कारोबार भयो। आज कम्पनीको २८ करोड २६ लाख बढीको सेयर कारोबार भयो। त्यस्तै निफ्राको २५ करोड ८० लाख, नेपाल बैंक २२ करोड ६९, शिखर इन्स्योरेन्स २१ करोड ६९ र कुमारी बैंकको २० करोड ४८ लाख बढीको सेयर कारोबार भयो।  

 


Share this with your friends: