परिसूचकमा सामान्य अंकको करेक्सन, बीमातर्फ प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

2021-12-15
परिसूचकमा सामान्य अंकको करेक्सन, बीमातर्फ प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ। साताको चौथो कारोबार दिन आज निर्जीवन बीमा उपसूचक वृद्धि भएका छ। निर्जीवन बीमा उपसूचक २७.०६ अ.कले बढ्दै १०४६२.८९ बिन्दुमा पुगेको छ। यो दिन जीवन बीमा उपसूचक भने ४३.९८ अंकले घट्दै १२७७२.९७ बिन्दुमा झरेको छ।

यो दिन सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज शिखर इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य १.७४ प्रतिशतले बढ्दे प्रतिकित्ता १५२५ रुपैयाँ कायम भयो।

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा बीमा कम्पनी पर्यो। आज प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य २.८५ प्रतिशतले घट्दै प्रतिकित्ता ८५० रुपैयाँ कायम भयो।

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा सामान्य अंकको करेक्सन आएको छ। आज परिसूचक ४.२३ अंकले घट्दै २४१४.६२ बिन्दुमा झर्यो। यो दिन बजारमा २२८ कम्पनीका ९८ लाख ७९ हजार १०९ कित्ता सेयर ४ अर्ब ५८ करोड ८३ लाख ९० हजार ६७८ रुपैयाँमा किनबेच भयो।

आज बजारमा ८ वटा उपसूचकमा हरियाली छायो। व्यापार उपसूचक २९.२३ अंकले बढेको आज विकास बैंक ४०.४७, हाइड्रोपावर ७.५७, वित्त ४६.६२, उत्पादन तथा प्रशोधन ७.७७, म्युचुअल फन्ड ०.०१ र लगानी उपसूचक ०.४६अंकले बढ्यो।

त्यस्तै आज बैंकिङ उपसूचक ९.२८, होटल एण्ड टुरिजम ५३.२८, अन्य ११.०५ र लघुवित्त उपसूचक १७.७९ अंकले घट्यो।

आज सामलिंग पावर कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो। कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढ्यो। दिव्यश्वरी हाइड्रोपावरको सेयरमूल्य ७.७८, आँखु खोला जलविद्युत ७.७४, आईसीएफसी फाइनान्स ६.६४ र वेष्ट फाइनान्स कम्पनीको सेयरमूल्य ६.५३ प्रतिशतले बढ्यो।

आज नयाँ सारथि लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सर्वाधिक घट्यो यो संस्थाको सेयरमूल्य ५.३४ प्रतिशतले घट्यो। जानकी फाइनान्सको सेयरमूल्य ३.७७, मञ्जुश्री फाइनान्स ३.४३ र स्वाभिमान लघुवित्तको सेयरमूल्य ३.२४ प्रतिशतले घट्यो।

यो दिन महालक्ष्मी विकास बैंकको सर्वाधिक सेयर कारोबार भयो। यो बैंकको आज १६करोड ५८ लाख बढीको सेयर कारोबार भयो।


Share this with your friends: