नेप्से परिसूचकमा उछाल, बीमातर्फ सगरमाथा इन्स्योरेन्सको सेयरमूल्यमा उच्च वृद्धि

2021-12-22
नेप्से परिसूचकमा उछाल, बीमातर्फ सगरमाथा इन्स्योरेन्सको सेयरमूल्यमा उच्च वृद्धि

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ५०२.७७ अंकले बढ्दै १३११३.०९ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ४८७.३६ अंकले बढ्दै १०७१९.३९ बिन्दुमा पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गरे। आज सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य ९.९२ प्रतिशतले बढ्दै प्रतिकित्ता ११७५ रुपैयाँ कायम भयो। त्यस्तै युनियन लाइफको सेयरमूल्य ९.०७, आइएमई जनरल इन्स्योरेन्स ५.९१, इन्स्योरेन्स ५.८३ र हिमालयन जनरल इन्स्योरेन्सको सेयरमूल्य ५.६४ प्रतिशतले बढ्यो। 

आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा उछाल आयो। परिसूचक ९२.१६ अंकले बढ्दै २५०७.७० बिन्दुमा पुग्यो। यो दिन बजारमा २३३ कम्पनीका ८१ लाख ४ हजार ३१९ कित्ता सेयर ४ अर्ब ५२ करोड २३ लाख ३८ हजार १४३ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा सबै उपसूचकमा हरियाली छायो। बैंकिङ उपसूचक ३७.१४ अंकले बढेको आज व्यापार २०२.८७, होटल एण्ड टुरिजम १०३.५८, विकास बैंक २३०.६३, हाइड्रोपावर १६२.६६, वित्त ७४.६, उत्पादन तथा प्रशोधन ४५२.०३, अन्य ६४.९, लघुवित्त १८२.८७, म्युचुअल फन्ड ०.०७ र लगानी उपसूचक ३.८९ अंकले बढ्यो। 

आज चारवटा कम्पनीको सेयराूल्यमा सकारात्मक सक्रिर्ट लाग्यो। आज अरुण भ्यालि हाइड्रोपावर, वरुण हाइड्रोपावर, अपरतामाकोशी र शिवम् सिमेन्टको सेयरमूल्य १० प्रतिशतले बढ्यो। 

आज गोर्खाज फाइनान्सको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य २.१६ प्रतिशतले घट्यो। 

ये दिन हिमालयन डिष्टिलरीको सर्वाधिक सेयर कारोबार भयो। आज यो कम्पनीको ६८ करोड ३४ लाख बढीको सेयर कारोबार भयो। त्यस्तै अपरतामाकोशीको १५ करोड ८२ लाख र अरुण भ्यालिको १३ करोड ९० लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: