परिसूचकमा सामान्य वृद्धि, बीमातर्फ प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

2021-12-29
परिसूचकमा सामान्य वृद्धि, बीमातर्फ प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज निर्जीवन बीमा उपसूचक वृद्धि भएको छ। आज निर्जीवन बीमा उपसूचक २५१.५८ अंकले बढ्दै ११६१०.०८ बिन्दुको उचाईमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक भने ७१.९६ अंकले ओरालो लाग्दै १४२१०.८७ बिन्दुमा सीमित भयो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भए। आज प्रिमियर इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ६.५९ प्रतिशतले बढ्दै प्रतिकित्ता १००६ रुपैयाँ कायम भयो। त्यस्तै राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्य ५.९३ प्रतिशतले बढ्यो। 
त्यस्तै आज सबेभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि भयो। परिसूचक ५.५१ अंकले बढ्दै २५२४.५० बिन्दुको उचाईमा पुग्यो। यो दिन बजारमा २२८ कम्पनीका ५६ लाख ३८ हजार २७६ कित्ता सेयर ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार २९२ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा ८ वटा उपसूचकमा हरियाली छायो। बैंकिङ उपसूचक ०.७६ अंकले बढेको आज होटल एण्ड टुरिजम १७.१८, हाइड्रोपावर २.५३, उत्पादन तथा प्रशोधन ५७.०४, अन्य १९.०८, लघुवित्त ११.८१ र म्युचुअल फन्ड उपसूचक ०.०२ अंकले बढ्यो। 

आज ५ वटा उपसूचकमा गिरावट आयो। व्यापार उपसूचक १३.३१, विकास बैंक २९.९,वित्त ४.३४ र लगानी ०.२५ अंकले घट्यो। 

आज मध्यभोटे कोशी जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढ्यो। त्यस्तै नेपाल बंगलादेश बैंकको ९.०८ प्रतिशतले बढ्यो। 

आज नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक घट्यो। यो बैंकको सेयरमूल्य ३.३९ प्रतिशतले घट्यो। 

यो दिन हिमालयन डिस्टलरीको सर्वाधिक सेयर कारोबार भयो। आज यो कम्पनीको ५२ करोड ५५ लाख बढीको सेयर कारोबार भयो।   

 


Share this with your friends: