परिसूचकमा झिनो वृद्धि,बीमातर्फ प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

2022-02-14
परिसूचकमा झिनो वृद्धि,बीमातर्फ प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज जीवन बीमा उपसूचक ५२.४९ अ‍ैकले बढ्दै १४९२२.०२ बिन्दुमा पुग्यो । यो दिन निर्जीवन बीमा उपसूचक भने १४.३६ अ‍ैकले ओरालो लाग्दै १२३७८.९८ बिन्दुमा सीमित भयो । 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन् । 
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा तीनवटा बीमा कम्पनी परे । आज प्रिमियर इन्स्योरेन्सको सेयरमूल्य २.४९ प्रतिशतले घट्दै प्रतिकित्ता ९३९ रुपैयामा झर्यो । यस्तै नेपाल इन्स्योरेन्सको सेयरमूल्य २.१८ र एनएलजी इन्स्योरेन्सको सेयरमूल्य १.९९ प्रतिशतले घट्यो । 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा झिनो वृद्धि भयो । परिसूचक ०.०८ अंकले बढ्दै २७००.९८ बिन्दुमा पुग्यो । यो दिन बजारमा २२७ कम्पनीका ७५ लाख ४९ हजार ७७९ कित्ता सेयर ३ अर्ब ६८ करोड ४० लाख ९ हजार ९१५ रुपैयाँमा किनबेच भयो । 
आज बजारमा ७ वटा उपसूचकमा हरियाली छायो । यो दिन होटेल तथा पर्यटन समूह सर्वाधिक ०।६१ प्रतिशतले उकालो लागेको छ। विकास बैंक तथा जीवन बीमा समूह समान ०।३५ प्रतिशतले बढेको आज वित्त समूहमा ०।२१ प्रतिशत, जलविद्युत समूहमा ०।१७ प्रतिशत र लघुवित्त समूहमा ०।२६ प्रतिशतको बढोत्तरी भएको छ। 

आज व्यापार समूह सर्वाधिक १।३४ प्रतिशतले ओरालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह ०।५१ प्रतिशतले घटेको यो दिन बैंकिङ समूहमा ०।१९ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०।२६ प्रतिशत र निर्जीवन बीमा समूहमा ०।१२ प्रतिशतको गिरावट आएको छ।
आज बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक बढ्यो । यो कम्पनीको सेयरमूल्य ८.१३ प्रतिशतले बढ्यो । 
आज मैलुङ खोला जलविद्युतको सेयरमूल्य सर्वाधिक घट्यो । यो कम्पनीकोृ सेयरमूल्य ३.८५ प्रतिशतले घट्यो । 
यो दिन नेशनल हाइड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ५४ करोड ९१ लाख बढीको सेयर कारोबार भयो । 


Share this with your friends: