परिसूचकमा १७.४२ अंककोे वृद्धि,बीमातर्फ सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

2022-02-22
परिसूचकमा १७.४२ अंककोे वृद्धि,बीमातर्फ सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज निर्जीवन बीमा उपसूचक १२८.०२ अंकले बढ्दै १२३३७.२५ बिन्दुको उचाइमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि ७.०८ अ.कले बढ्दै १४७३४.२६ बिन्दुमा पुग्यो। 

ेआज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य ३.६४ प्रतिशतले बढ्दै प्रतिकित्ता १३३७ रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा बीमा कम्पनी पर्यो। आज प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्य सर्वाधिक घट्यो। आज प्राइम लाइफको सेयरमूल्य १.८८ प्रतिशतले घट्दै ७२५ रुपैयाँमा झर्यो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भयो। परिसूचक १७.४२ अंकले उकालो लाग्दै २७३५.९३ बिन्दुुको उचाइमा पुग्यो। यो दिन बजारमा २२८ कम्पनीका ६० लाख ८१ हजार ६०२ कित्ता सेयर ३ अर्ब २१ करोड २८ लाख ८७ हजार ८२२ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा २ वटा उपसूचकबाहेक अन्य सबै उपसूचकमा हरियाली छायो। बैंकिङ उपसूचक ८.३२ अंकले बढेको आज व्यापार १३.६४,होटल ४.७५,विकास बैंक ७०.०५,हाइड्रो २७.५६,वित्त ४३.९१,अन्य ४६.९२,लघुवित्त १५.८१ र म्युचुअल फन्ड ०.०६ अंकले बढ्यो। 

उत्पादन तथा प्रशोधन र लगानी उपसूचक क्रमशः१८.७१ र ०.१५ अंकले घटे। 

आज मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। त्यस्तै युनाइटेड इदी मर्दीको सेयरमूल्य ९.९९,सामलिङ पावर कम्पनीको ८.५२ र तेह्रथुम पावर कम्पनीको सेयरमूल्य ६.७६ प्रतिशतले बढ्यो। 

आज सिभिल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक घट्यो। सिभिल लघुवित्तको सेयरमूल्य १.९६ प्रतिशतले घट्यो। 

यो दिन एनटीसीको सर्वाधिक सेयर कारोबार भयो। आज एनटीसीको २१ करोड ४९ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: