परिसूचकमा दोहोरो अंकको गिरावट,बीमातर्फ एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

2022-02-23
परिसूचकमा दोहोरो अंकको गिरावट,बीमातर्फ एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक ११०.४६ अंकले घट्दै १२२२६.७९ बिन्दुमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि ८१.२६ अंकले ओरालो लाग्दै १४६५३ बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने बीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज एनएलजी इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य १.६४ प्रतिशतले बढ्दै प्रतिकित्ता ८६९ रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनी परे। बीमातर्फ आज एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयरमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य २.८४ र युनाइटेड इन्स्योरेन्स कम्पनीको सेयरमूल्य २.६२ प्रतिशतले घट्यो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आयो। परिसूचक १५.५० प्रतिशतले घट्दै २७२०.४३ बिन्दुमा झर्यो। यो दिन बजारमा २२८ कम्पनीका ६२ लाख ४७ हजार ७७४ कित्ता सेयर ३ अर्ब १३ करोड १२ लाख १० हजार २८२ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा दुईवटा उपसूचक बाहेक अन्य सबै उपसूचकमा गिरावट आयो। आज हाइड्रोपावर उपसूचक ३५.६६ अंक र म्युचुअल फन्ड ०.१३ अंकले बढ्यो। 

बैंकिङ उपसूचक ९.६९ अंकले घटेको आज व्यापार ३१.२२,होटल ३१,विकास बैंक ४०.९२,वित्त १३.४,उत्पादन तथा प्रशोधन ८२.१२,अन्य ४८.४३,लघुवित्त २६.१३ र लगानी उपसूचक ०.१५ अंकले घट्यो। 

आज दिव्यश्वरी हाइड्रोपावर र युनाइटेड इर्दी मर्दीको सेयरमूल्य सर्वाधिक बढ्यो। यी दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। त्यस्तै घलेम्दी हाइड्रोपावरको सेयरमूल्य ९.२२ र तेह्रथुम पावर कम्पनीको सेयरमूल्य ८.८४ प्रतिशतले बढ्यो। 

आज नेपाल फाइनान्स कम्पनीको सेयरमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य ३.६२ प्रतिशतले घट्यो। 

यो दिन एनटीसीको सर्वाधिक सेयर कारोबार भयो। आज एनटीसीको १९ करोड ३७ लाख बढीको सेयर कारोबार भयो।    

 


Share this with your friends: