परिसूचकमा दोहोरो अंकको पहिरो,हिमालयन जनरलको सेयरमूल्य सर्वाधिक घट्यो

2022-03-02
परिसूचकमा दोहोरो अंकको पहिरो,हिमालयन जनरलको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक ४५३.५६ अंकले ओरालो लाग्दै १३३७१.०९ बिन्दुमा झर्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ३२३.१८ अंकले घट्दै ११३५६.४८ बिन्दुमा सीमित भयो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्यो। आज रिलायन्स लाइफ इन्स्योरेन्सको सेयरमूल्य ४ प्रतिशतले बढ्दै प्रतिकित्ता ५७२ रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनी पर्यो। आज हिमालयन जनरल इन्स्योरेन्सको सेयरमूल्य ८.२६ प्रतिशतले बढ्दै प्रतिकित्ता ६३१ रुपैयाँ कायम भयो। त्यस्तै नेपाल लाइफको सेयरमूल्य ४.६० र गुराँस लाइफको सेयरमूल्य ४.४९ प्रतिशतले घट्यो। 

बजारमा अरु के–के भयो ? 

आज नेप्से परिसूचकमा दोहोरो अंकको पहिरो आयो। परिसूचक ६३.९८ अंकले ओरालो लाग्दै २५४६.६० बिन्दुमा सीमित भयो। यो दिन बजारमा २२८ कम्पनीका ७६ लाख ५२ हजार २०४ कित्ता सेयर ३ अर्ब ६२ करोड ११ लाख ४३ हजार ९७९ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा सबै उपसूचकमा गिरावट आयो। बैंकिङ उपसूचक २७.०९ अंकले घटेको आज व्यापार ६४.९८,विकास बैंक १५१.५२, हाइड्रो १०९.०८,वित्त ८०.३२,उत्पादन तथा प्रशोधन २२९.६४,अन्य ५२.८३,लघुवित्त १०६.८२,म्युचुअल फन्ड ०.२३ र लगानी उपसूचक २.७८ अंकले घट्यो। 
आज रिलायन्स लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य ४ प्रतिशतले बढ्यो। त्यस्तै सिभिल बैकको सेयरमूल्य १.२५ र स्वाभिमान लघुवित्तको सेयरमूल्य १.०८ प्रतिशतले बढ्यो। 

आज हिमालयज जनरलको सेयरमूल्य सर्वाधिक घट्यो। कम्पनीको सेयरमूल्य ८.२६ प्रतिशतले घट्यो। यसैगरी युनाइटेड इदी मर्दीको सेयरमूल्य ६.६८,न्यादी गुप्र पावर ६.१० र नेशनल हाइड्रोपावरको सेयरमूल्य ५.८६ प्रतिशतले घट्यो। 

यो दिन नेपाल लाइफको सर्वाधिक सेयर कारोबार भयो। नेपाल लाइफको आज १६ करोड १८ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: