परिसूचकमा सामान्य अंकको गिरावट,बीमातर्फ रिलायन्स लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

2022-03-06
परिसूचकमा सामान्य अंकको गिरावट,बीमातर्फ रिलायन्स लाइफको सेयरमूल्य सर्वाधिक घट्यो

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज जीवन बीमा उपसूचक १६६.०९ अंकले घट्दै १३२०५ बिन्दुमा सीमित भयो। यो दिन निर्जीवन बीमा उपसूचक पनि २२.६ अंकले घट्दै ११३३३.८३ बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्यो। आज प्रभु लाइफ इन्स्योरेन्स सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य २.३७ प्रतिशतले बढ्दै प्रतिकित्ता ५५३ रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा तीनवटा बीमा कम्पनी परे। आज रिलायन्स लाइफको सेयरमूल्य ५.७७ प्रतिशतले घट्दै प्रतिकित्ता ५३९ रुपैयाँ कायम भयो। त्यस्तै प्रुडेन्यिन इन्स्योरेन्सको सेयरमूल्य ४.०५ र नेशनल लाइफको सेयरमूल्य २.८२ प्रतिशतले घट्यो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा सामान्य अंकको गिरावट आयो। परिसूचक ३.६६ अंकले घट्दै २५४३.४९ बिन्दुमा झर्यो। यो दिन बजारमा २३० कम्पनीका ५१ लाख ३९ हजार २३९ कित्ता सेयर २ अर्ब ४९ करोड ३२ लाख ४१ हजार २७३ रुपैयाँमा कारोबार भयो। 

आज बजारमा चारवटा उपसूचकमा हरियाली छायो। आज बैंकिङ उपसूचक ३.२८,होटल १.५२,विकास बैंक ५३.३१ र अन्य उपसूचक १९.०२ अंकले बढ्यो। 

व्यापार उपसूचक १२.४ अंकले घटेको आज हाइड्रो २२.१,वित्त १३.६,उत्पादन तथा प्रशोधन १२७,लघुवित्त ३.१६,म्युचुअल फन्ड ०.०३ र लगानी ०.१६ अंकले घट्यो। 

आज मैलुङखोला जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य ७.८० प्रतिशतले बढ्यो। त्यस्तै सामलिंग पावर कम्पनीको सेयरमूल्य ४.४८ र नेपाल ल्युब आयलको सेयरमूल्यको ३.९९ प्रतिशतले बढ्यो। 

आज शिवम सिमेन्टको सेयरमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य ७.११ प्रतिशतले ओरालो लाग्यो। 

यो दिन शिवम सिमेन्टको सर्वाधिक सेयर कारोबार भयो। आज कम्पनीको १५ करोड २२ लाख बढीको सेयर कारोबार भयो।      

 


Share this with your friends: