परिसूचकमा सामान्य अंकको सुधार,बीमातर्फ युनियन लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

2022-03-07
परिसूचकमा सामान्य अंकको सुधार,बीमातर्फ युनियन लाइफको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज निर्जीवन बीमा उपसूचक वृद्धि भएको छ। निर्जीवन बीमा उपसूचक आज ९.८८ अंकले बढ्दै ११३४८.१६ बिन्दुको उचाइमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक भने १५४.८४ अंकले ओरालो लाग्दै १३०५३.०७ बिन्दुमा सीमित भयो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज युनियन लाइफको सेयरमूल्य २.४० प्रतिशतले बढ्दै प्रतिकित्ता ६३४ रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। बीमातर्फ आज रिलायन्स लाइफको सेयरमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य २.८६ प्रतिशतले ओरालो लाग्दै ५२३ रुपैयाँमा सीमित भयो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि भयो। परिसूचक १.५४ अंकले बढ्दै २५४४.९३ बिन्दुमा पुग्यो। यो दिन बजारमा २३० कम्पनीका ५३ लाख १५ हजार २९२ कित्ता सेयर २ अर्ब ६० करोड ९ लाख ३० हजार ४०३ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा ५ वटा उपसूचकमा हरियाली छायो भने अन्य सबै उपसूचकमा रातो पोतियो। आज बैंकिङ उपसूचक ५.३६,होटल १४.१८,उत्पादन तथा प्रशोधन ८७.६३ र अन्य उपसूचक ३५.५ अंकले बढ्यो। 

व्यापार उपसूचक १५.७४ अंकले घटेको आज विकास बैंक २१.४१,हाइड्रोपावर ३२.१२,वित्त २८.१२,लघुवित्त ४.५७,म्युचुअल फन्ड ०.०६ र लगानी उपसूचक ०.५७ अंकले घट्यो। 

आज बुद्धभुमी नेपाल हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य ५.८९ प्रतिशतले बढ्यो। यसैगरी बोटलर्स नेपाल तराईको सेयरमूल्य ५.४८,सामुदायिक लघुवित्त ४.३४ र इमर्जीङ नेपालको सेयरमूल्य ४.०१ प्रतिशतले बढ्यो। 

आज पाचथर पावर कम्पनीको सेयरमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य ६.९० प्रतिशतले घट्यो। 

यो दिन शिवम सिमेन्टको सर्वाधिक सेयर कारोबार भयो। कम्पनीको आज २७ करोड ६९ लाख बढीको सेयर कारोबार भयो। त्यस्तै एनटीसीको १२ करोड ६२ लाख र नेपाल लाइफको ११ करोड ६ लाख बढीको सेयर कारोबार भयो।     

 


Share this with your friends: