परिसूचकमा उच्च वृद्धि,बीमा कम्पनीहरुको सेयरमूल्यमा उछाल

2022-03-13
परिसूचकमा उच्च वृद्धि,बीमा कम्पनीहरुको सेयरमूल्यमा उछाल

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ९२२.१६अंकले उकालो लाग्दै १४२१३.५४ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ५६७.८७ अंकले बढ्दै ११९६५.६० बिन्दुमा पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा ६ वटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भए। आज एशियन लाइफ, ज्योति लाइफ र सानिमा लाइफको सेयरमूल्य १० प्रतिशतले बढ्यो। त्यस्तै सूर्या लाइफको सेयरमूल्य ९.५४,प्रुडेन्सियल इन्स्योरेन्स ८.१७,जनरल इन्स्योरेन्स ८.०५,एभरेष्ट इन्स्योरेन्स ८,एलआईसी ७.८५,गुराँस लाइफ ७.३७ र सानिमा जनरलको सेयरमूल्य ६.९७ प्रतिशतले बढ्यो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा तेहोरो अंकको वृद्धि भयो। परिसूचक १०१.०७ अंकले बढ्दै २६६७.९७ बिन्दुको उचाइमा पुग्यो। यो दिन बजारमा २२८ कम्पनीका ९० लाख २२ हजार ८९० कित्ता सेयर ४ अर्ब ८७ करोड ७ लाख १५ हजार ३८७ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा सबै उपसूचकमा हरियाली छायो। बैंकिङ उपसूचक ५४.७१ अंकले बढेको आज व्यापार १११.०२,होटल १५८.६९,विकास बैंक २१०.५६,हाइड्रो ७५.६५,वित्त १०७.०१,उत्पादन तथा प्रशोधन ३०८.०६,अन्य ८६.६२,लघुवित्त १६३.७८,म्युचुअल फण्ड ०.१७ र लगानी उपसूचक ३.८१ अंकले बढ्यो। 

आज एशियन लाइफ,ज्याति लाइफ र सानिमा लाइफ गरी तीनवटा बीमा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। 

आज अपि पावर कम्पनीको सेयरमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य ०.५८ प्रतिशतले घट्यो। 

यो दिन शिवम सिमेन्टको सर्वाधिक सेयर कारोबार भयो। आज यो कम्पनीको ३४ करोड ३६ लाख बढीको सेयर कारोबार भयो। त्यस्तै अपि पावरको ३० करोड १७ लाख र आईसीइफसी फाइनान्सको २१ करोड ३१ लाख बढीके सेयर कारोबार भयो। 

 


Share this with your friends: