परिसूचकमा दोहोरो अंकको सुधार,बीमातर्फ एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

2022-03-21
परिसूचकमा दोहोरो अंकको सुधार,बीमातर्फ एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक १६८.१ अंकले बढ्दै १४३८७.५६ बिन्दुमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ४६.२९ अंकले बढ्दै १२१५५.४९ बिन्दुमा पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज एभरेष्ट इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य ३.३५ प्रतिशतले बढ्दै प्रतिकित्ता ६४७ रुपैयाँ कायम भयो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा दुईवटा बीमा कम्पनी परे। आज सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य १.३४ र राष्ट्रिय बीमा कम्पनीको सेयरमूल्य १.१४ प्रतिशतले घट्यो। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भयो। परिसूचक १७.९९ अंकले बढ्दै २६३४.५७ बिन्दुमा पुग्यो। यो दिन बजारमा २३१ कम्पनीका ५१ लाख ८९ हजार ०८३ कित्ता सेयर २ अर्ब ५९ करोड २७ लाख १८ हजार १३१ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा दुईवटा उपसूचकबाहेक अन्य सबै उपसूचकमा हरियाली छायो। बैंकिङ उपसूचक ५.४९ अंकले बढेको आज व्यापार २८.५२,विकास बैंक १३२.३३,हाइड्रोपावर ८३.४२,वित्त ५६.०४,उत्पादन तथा प्रशोधन ३३.९१,लघुवित्त ३३.३७,म्युचुअल फण्ड ०.०९ र लगानी उपसूचक ०.९२ अंकले बढ्यो। 

होटल र अन्य उपसूचक क्रमशः१३.६१ र ४२.१३ अंकले घटे। 

आज इमर्जिङ नेपालको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढ्यो। त्यस्तै न्यादी गुप्र पावर कम्पनीको सेयरमूल्य ७.६७ र माउन्टेन इनर्जीको सेयरमूल्य ६.७४ प्रतिशतले बढ्यो। 

आज एनटीसीको सेयरमूल्य सर्वाधिक घट्यो। यो कम्पनीको सेयरमूल्य २.९७ प्रतिशतले घट्यो। 

यो दिन एनटीसीको सर्वाधिक सेयर कारोबार भयो। आज एनटीसीको २० करोड ९४ लाख बढीको सेयर कारोबार भयो।                                  

 


Share this with your friends: