परिसूचकमा दोहोरो अंकको सुधार,सिद्धार्थ इन्स्योरेन्सको सर्वाधिक कारोबार

2022-03-30
परिसूचकमा दोहोरो अंकको सुधार,सिद्धार्थ इन्स्योरेन्सको सर्वाधिक कारोबार

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन। आज जीवन बीमा उपसूचक २११.४ अंकले बढ्दै १४४५४.२५ बिन्दुमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि १९१.२ अंकले बढ्दै १२२८३.३५ बिन्दुमा पुग्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज सूर्या लाइफ इन्स्योरेन्सको सेयरमूल्य सर्वाधिक बढ्यो। यो कम्पनीको सेयरमूल्य ४.१८ प्रतिशतले बढ्यो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

आज नेप्से परिसूचकमा दोहोरो अंकको सुधार आयो। परिसूचक ४०.६८ अंकले बढ्दै २५६८.२५ बिन्दुमा पुग्यो। यो दिन बजारमा २३२ कम्पनीका ४५ लाख २ हजार ५११ कित्ता सेयर २ अर्ब २५ करोड १ लाख १७ हजार २९६ रुपैयाँमा किनबेच भयो। 

आज बजारमा सबै उपसूचकमा हरियाली छायो। बैंकिङ उपसूचक ३.८३ अंकले बढेको आज व्यापार ९.१७,होटल ७७.४४,विकास बैंक १४४.३५,हाइड्रोपावर ७३.९८,वित्त ६६.३,उत्पादन तथा प्रशोधन ८७.७१,अन्य ८२.२६,लघुवित्त ७१.०२,म्युचुअल फन्ड ०.२ र लगानी उपसूचक २.३३ अंकले बढ्यो। 

आज इमर्जिङ नेपाल लिमिटेडको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले बढ्यो। त्यस्तै राष्ट्र उत्थान लघुवित्तको सेयरमूल्य ९.९९,नेष्डो समृद्ध लघुवित्तको ९.९९,सामलिङ पावरको ९.८४ र युनाइटेड इदी मर्दीको सेयरमूल्य ६.४९ प्रतिशतले बढ्यो। 

आज युनिलिभर नेपालको सेयरमूल्य सर्वाधिक अर्थात १.९५ प्रतिशतले घट्यो। 

यो दिन सिद्धार्थ इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो। आज यो कम्पनीको ११ करोड २७ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: